arrow

प्रधानन्यायाधीश सुशील कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता (अपडेट)

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
sushila-karki.jpg.jpeg

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । मुख्यतया ५ वटा आरोपलाई केन्द्रमा राखेर महाभियोग दर्ता गरिएकाे नेपाली काँग्रेसका नेता मीन बहादुर विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार काँग्रेस र माओवादीका २ सय ४९ सदस्यको हस्ताक्षर सहित महाभियोग प्रस्ताव दर्ता गरिएको हो । जेठ २४ गते अनिवार्य अवकाश पाउन लागेकी कार्की संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि स्वतः निलम्बनमा परेकी छन् ।

विश्वकर्माले कार्यपालिकाको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिएको, शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने गरी कार्य गरेको, न्यायपालिका भित्र गुटबन्दी गरेको प्रहरी प्रमुखको नियुक्तिको प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको, कार्यविधि र कानुनको पालना नगरेको, न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्‍याएको, न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको र  खराब आचरण गरेको आरोपका साथ उनीविरुद्ध महाभियोग लगाइएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ