arrow

सानेपामा काँग्रेसको आकस्मिक बैठक... 

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
congress-party-office.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसको आकस्मिक बैठक बसेको छ । पछिल्लो समसामयिक घटना क्रमको विषयमा छलफल गर्नको लागि काँग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु उपस्थित रहेका छन् । 


स्थानीय तहका विभिन्न महानगर, उपमहानगर र नगरपालिकाको उम्मेदवार चयन गर्ने विषयमा पूर्व निर्धारित बैठक आईतबार दिनभरी भएका राजनीतिक उथलपुथलका विषयमा समेत केन्द्रीत भएको छ । 


अपराह्न पार्टी कार्यालयमा बोलाईएको बैठकमा, प्रधानन्यायाधीसको महाभियोग, आफ्नै पार्टीबाट सरकारमा नेतृत्व गरेका गृहमन्त्रीको राजीनामा र संविधान संशोधन दर्ता पछि उत्पन्न राजनीतिक परिस्थितीका विषयमा चर्चा भईरहेको छ । 


बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला लगायतको सहभागिता रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ