arrow

राप्रपाले सरकारबाट बाहिरिने निर्णय गर्दै

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
RPP-N111.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारबाट बाहिरिने निर्णय गर्न लागेको छ । सोमबार बिहान् बस्ने कार्यसम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गर्न लागेको पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाका निजी सचिव दामाेदर वाग्लेले बताए ।

कमल थापाको भनाई उदृत गर्दै उनले भने, ‘यस्तो भद्रगोल अवस्थामा सरकारमा बस्न सकिँदैन । काँग्रेस माओवादीले के–के गर्छन् ? त्यसको सती जान सकिँदैन ।’ राप्रपाले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाएकोबारे आपत्ति जनाएको छ ।

पर्यटनमन्त्री दिलनाथ गिरीले भने सोमबारको बैठक पार्टीको आन्तरिक विषयमा छलफल गर्न बोलाइएको भएपनि समसामयिक घटनाक्रमका विषयमा समेत छलफल हुने बताए । मन्त्री गिरीले भने, ‘आइतबारको संसदीय दलको बैठकमा संविधान संशोधन विधेयकलाई समर्थन गर्ने भन्यौँ । अहिले तत्काल सरकारबाट बाहिरिने विषयमा सोचिसकेका छैनौँ । सामेबारको कार्यसम्पादन समिति बैठकले के निर्णय गर्छ हेर्नु पर्छ । तत्काल सरकारलाई असयोग नगर्ने कि भन्ने कुरा पनि छ ।’ निर्वाचन गर्नु पर्ने समयमा नयाँ तरंग आउनु आफैमा आश्चर्यजनक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ