arrow

देशभर उच्च सुरक्षा सतर्कता, सबै सुरक्षा निकाय 'हाई अलर्ट' मा

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
Nepali-police-officer-with-dog.jpeg

काठमाडौं । देशमा पछिल्लो समय विकास भएको राजनीतिक घटनाक्रम पछि मुलुकभर सुरक्षा सतर्कता अपनाईएको छ । आईतबार मात्रै विकास भएको राजनीतिक सरगर्मी पछि मुलुकमा अप्रिय घटना नहोस् भन्नको उच्च सुरक्षा सतर्कता अपनाईएको गृहमन्त्रालय निकट स्रोतले जानकारी दिएको छ । 

 

स्रोतका अनुसार अहिले गृहमन्त्रालयले मुलुकका तीनवटै सुरक्षा निकायलाई हाई अलर्ट भएर बस्न निर्देशन दिईसकेको छ भने सेनाको मुख्यालय जंगी अड्डाले पनि मातहतका निकायहरुलाई हाई अलर्ट भएर बस्न निर्देशन दिईसकेको छ । 

 

आईतबार मात्रै प्रधान न्यायाधीस सुशीला कार्कीमाथि महाभियोग दर्ता, गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा लगायतका उच्च राजनीतिका घटनाक्रमहरुको विकास भएपछि सरकारले सुरक्षा सतर्कता अपनाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ