arrow

लोकमानको बाढी सुशीला कार्कीमाथि आयो !

यो कुनै व्यक्तिमथि लागेको होइन, प्रवृत्ति हो

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
sushila-karki.jpg.jpg

काठमाडौं । राजनीतिक विष्लेषक पुरुषोत्तम दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव अस्वभाविक नभएको बताएका छन् ।

हाम्राकुरासँग उनले भने, ‘यो राम्रो होस् या नराम्रो होस् । यो व्यक्ति होइन प्रवृति हो । उहाँमाथि महाभियोग लगाउनु ठूलो कुरा होइन, कसरी प्रमाणित हुन्छ भन्ने मूख्य कुरा हो ।’ आरोपहरु त संघीन लगाईका छन् । कसरी प्रमाणित हुन्छन् भन्ने मूख्य कुरा हो ।

विश्लेषक दाहालले अगाडि थपे, ‘उहाँको कार्यकाल सकिदै थियो । बाँकी रहेको एक महिना काम गर्न नदिने नियत हो । उहाँको काम गर्ने शैली हेपाह नै छ । समन्वय गर्नुहुन्न भन्ने गुनासाहरु छन् ।’  
यो महाभियोग सुशीला कार्कीमाथि मात्रै महाभियोग प्रस्ताव नआएको भन्दै दाहालले भने, ‘संवैधानिक निकाय र न्यायलयका पदाधिकारीमाथि महाभियोग लगाउने प्रचलन सुरु भयो ।

पछिल्लो समय लोकमानसिंह कार्कीबाट यो बाढी सुरु भएको हो । अब अन्यलाई पनि लाग्न सक्छ । तर, यसलाई व्यक्तिमाथि लगाइएको भन्न मिल्दैन । यो व्यक्ति होइन प्रवृति हो ।’ लोकमानमाथि महाभियोग आउँदा ताली ठटाए । कार्कीमाथि आउँदा आँशु झार्ने भन्ने कुरा होइन । यो अस्वभाविक होइन, तर के कति कारणले उहाँमाथि महाभियोग आयो भन्ने कुरा प्रधान हो ।

संविधान विद् निलाम्बर आचार्यले भने यो नागरिक स्वतन्त्रतामाथिको आघात हो भनेका छन् । उनले भने, ‘यो लोकतान्त्रिक मुलुकमा कदापी हुन सक्दैन । यो लोकतन्त्रमाथिको आघात हो ।’
पूर्व महान्याधिवक्ता युवराज संग्रौलाले सुशीला कार्कीमाथिको महाभियोग लोकतान्त्रिक व्यवस्थामा कल्पना गर्न नसकिने भन्दै कार्की अहिल्यै निलम्बनमा नपर्ने बताए ।

काँग्रेस–माओवादीका सांसदले संसद सचिवालयमा आइतबार सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीकाविरुद्ध महाअभियोग दर्ता भएपछि पूर्वमहान्याधिवक्ता संग्रौलाले कार्कीलाई तत्काल काम गर्न कुनै बाधा नपर्ने बताए । यद्यपि, संविधान अनुरुप कार्की स्वतः निलम्बनमा परेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ