arrow

कामु प्रधानन्यायाधीस गोपाल पराजुलीले गरे पद बहाली 

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
Gopal_parajuli.jpg

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीसको जिम्मेवारी गोपाल पराजुलीलाई दिईएको छ । न्याय परिषद्ले प्रधानन्यायाधीस सुशीला कार्की माथि महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेकोले पराजुलीलाई कायममुकायको जिम्मेवारी तोकिएको पराजुलीका स्वकीय सचिव रामप्रसाद पौडेलले जानकारी दिए ।  

 

रिक्त रहेको प्रधानन्यायाधीस पदमा वरिष्ठतम न्यायाधीश गोपालप्रसाद पराजुलीले आजै कायम मुकायम प्रधानन्यायाधीको पदाबहाली गरेका छन् । सुशीला कार्कीका विरुद्धमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनलाई कायम मुकायम प्रधानन्ययाधीशको जिम्मेवारी दिइएको हो । उनले राती ८ बजे पदबहाली गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ