arrow

न्यायपालिकालाई सबल बनाउन महाभियोग: रमेश लेखक 

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
congress-pressmeet.png

काठमाडौं । काँग्रेस नेता तथा प्रचार प्रसार समन्यन उपसमितिका संयोजक रमेश लेखकले महाभियोग स्वतन्त्र न्यायपालिका विरुद्ध लक्षित नभएको बताएका छन्। लेखकले न्यायापालिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र स्वच्छ कायम राखेर न्यायपालिकालाई सबल बनाउन यो महाभियोग लगाइएको बताए। उनले थपे, 'यो न्यायपालिका विरुद्ध हैन । 

यो न्यायपालिकामा मर्यादित काम हुन नसकेको अवस्थामा प्रधानन्यायाधिस माथि मात्र यो महाभियोग हो । यो स्वतन्त्र न्यायपालिका विरुद्ध लक्षित हैन । काँग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा छ र रहन्छ । लेखकले पत्रकार सम्मेलनमा भने, ' न्यायपालिकाको सीमारेखा नाघेर कार्यपालिकाको सीमारेखामा प्रवेश गरेका कारण कार्कीमाथि महाभियोग लगाइएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ