arrow

काँग्रेसले भन्यो प्रधानन्यायाधिस कार्कीलाई यसकारण महाभियोग

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
congress-pressmeet.png

ललितपुर। काँग्रेस स्वतन्त्र र निषपक्ष न्यायापालिकाको पक्षमा भएपनि प्रधानन्यायाधिसको भूमिका त्यस्तो नभएको कारण उनीमाथि महाभियोग लगाएको काँग्रेसले बताएको छ ।

नेपाली काँग्रेसले गरेको पत्रकार सम्मेलनमा काँग्रेस महामन्त्री डा शशांक कोइरालालाले गृहमन्त्री विमलेन्द्र निधीले उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट दिएको राजीनामा स्विकृत हुने र अर्को नेता पार्टीका तर्फबाट गृहमन्त्रालय सम्हाल्न जाने बताए । त्यसका लागि पार्टीका शिर्ष नेताहरुले निर्णय गर्ने बताए । उनले दोस्रो चरणको चुनाव पछि बजेट आउने बताए।

पत्रकार सम्मेलनमा काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले महाभियोग प्रस्ताव संसदको विचाराधिन विषय भएको बताए । गृहमन्त्रीको विषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसँग छलफल गरेर टुङगो लगाउने बताए । 

काँग्रेस नेता तथा प्रचार प्रसार समन्यन उपसमितिका संयोजक रमेश लेखकले स्वतन्त्र न्यायपालिका विरुद्ध लक्षित नभएको बताएका छन्। लेखकले न्यायापालिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र स्वच्छ कायम राखेर न्यायपालिकालाई सबल बनाउन यो महाभियोग लगाइएको बताए। उनले थपे, 'यो न्यायपालिका विरुद्ध हैन । यो न्यायपालिकामा मर्यादित काम हुन नसकेको अवस्थामा प्रधानन्यायाधिस माथि मात्र यो महाभियोग हो । यो स्वतन्त्र न्यायपालिका विरुद्ध लक्षित हैन । काँग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा छ र रहन्छ । 
लेखकले पत्रकार सम्मेलनमा भने, ' न्यायपालिकाको सीमारेखा नाघेर कार्यपालिकाको सीमारेखामा प्रवेश गरेका कारण कार्कीमाथि महाभियोग लगाइएको बताए। '

डिआइजी वढुवा प्रकरणमा गलत तथ्यका आधारमा प्रधान्यायाधिसले फैसला गरेको लेखकले आरोप लगाए। प्रधानन्यायाधिस कार्कीले अदालतमा गुटवन्दी गरेको पनि बताए । 

पत्रकार सम्मेलनमा काँग्रेस नेताहरु पूर्ण बहादुर खड्का र दिपक गिरी समेत उपस्थित थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ