arrow

सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथको मेयरमा कुँवर र उपमेयरमा गुरुङ काँग्रेसका उम्मेदवार 

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
pokhara-congress.jpg

पोखरा । नेपालको सबैभन्दा ठूलो महानगरपालिका बन्न सफल पोखराको लेखनाथ महानगरपालिकामा नेपाली काँग्रेसले मेयर र उपमेयरमा लोकप्रिय उम्मेदवार उठाएको छ ।

मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता हुँदै गर्दा काँग्रेसले मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाउने भएको छ । 

मेयरका उम्मेदवार कुँवर ट्रेड युनियन कंग्रेसका वरिष्ठ उपाध्यक्ष हुन् । लामो समयदेखि राजनीतिमा आवद्ध कुँवर नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्यसमेत हुन् । 

त्यस्तै सरस्वती गुरुङ पनि पोखरामा लोकप्रिय अनुहार हुन् । संचारकर्मीसमेत रहेकी उनलाई उपमेयरको उम्मेदवार बनाउँदा काँग्रेसको पक्षमा लहर आउनेसमेत पोखरामा चर्चा चल्न थालेको छ । गुरुङ तमु धी नेपालको उपाध्यक्षसमेत हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ