arrow

काँग्रेसले ललितपुर महानगरपालिकामा छान्यो महर्जन र सत्याललाई

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
congress-flag1.jpg

पाटन । नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ ।

उम्मेदवारी दर्ता गर्ने समय हुँदैगर्दा अन्तिम समयमामात्र काँग्रेसले ठूलो अभ्यासपछि मेयर र उपमेयरको टुंगो लगाएको हो ।

काँग्रेसले मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै उपमेयरमा गीता सत्याललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

योसंगै लामो समयदेखिको अलमल पनि सकिएको छ । 

त्यस्तै ललितपुरकै बागमती गाउँपालिकाका वडा अध्यक्ष उम्मेदवार वडा नं १ घुसेल – जगत लामा,  वडा नं २ माल्टा – विजयकुमार लो, वडा नं ३ भट्टेडाँडा – बिष्णुप्रसाद तिमल्सिना, वडा नं ४ प्युटार – नारायण घले, वडा नं ५ इकुडोल – तुलसीप्रसाद सञ्जेल,  वडा नं ६ आश्राङ – नारायण भोम्जन, वडा नं ७ गिम्दी – बद्री ढोडारी रहेका छन् । 

त्यसैगरी महाँकाल गाउँपालिकाका वडा अध्यक्ष उम्मेदवार बडा नं १ बुखेल – चन्द्रप्रसाद तिमल्सिना, वडा नं २ मानिखेल – भीमलाल स्याङ्तान, वडा नं ३ गोटिखेल – राजेन्द्रप्रसाद अधिकारी, वडा नं ४ कालेश्वर – कृष्णप्रसाद तिमल्सिना, सिताराम बडा नं ५ चन्दनपुर – खोमप्रसाद दाहाल, बडा नं ६ ठुलादुर्लुङ्ग – बावुलाल श्रेष्ठ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ