arrow

काठमाडौंको मेयरमा काँग्रेसबाट राजुराज जोशी

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
Rajuraj_joshi.jpg

काठमाडौं । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा  नेपाली काँग्रेसले काठमाडौ महानगरपालिकाको मेयरमा  राजुराज जोशीलार्इ अघि सारेको छ । कॉगेसले उपमेयरको लागीभने हरिप्रभा खड्गीलार्इ अघि सारेको छ । 

 

बैशाख ३१ गते देशका अन्य ३ वटा महानगरपालिका सहित काठमाडौ महानगरपालिकामा पहिलो चरणमा चुनाव हुँदैछ। अहिलेसम्म काठमाडौ महानगरपालिकाको मेयरको लागि दिउँसो साढे १ सम्म छ वटा उम्मेदवारी परिसकेको छ । 

 

जोशी २०४७ सालमा जिल्ला कार्यसमिति काठमाडौंका सचिव हुन् । त्यसबेला काठमाडौं जिल्लाको पार्टी सभापति प्रकाशमान सिंह थिए । काँग्रेस राजनीतिमा जोशी प्रकाशमानसिंह निकट मानिन्छन् । हाल जोशी कांग्रेसको महासमिति सदस्य छन् ।

 

जोशी उद्योगमन्त्री नविन्द्रराज जोशीका दाइ हुन् । कांग्रेसको बिहान बसेको पदाधिकारी बैठकले काठमाडौंको मेयर लगायत स्थानीय तहका विभिन्न निर्वाचन क्षेत्रका उम्मेद्वारहरुको टुंगो लगाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ