arrow

नवराज सिलवालको मुद्दाको सुनुवाई रोकियो

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
Screenshot-silwal-g.png

काठमाडौं । डिआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षक नियुक्तिको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाई स्थगित भएको छ । महाभियोगको प्रस्ताव आउनु अघि निलम्बित प्रधानन्यायधीश सुशीला कार्कीले सुनुवाई मंगलबार तोकेकी थिइन् । अब मुद्दाको पेशी कहिले भन्ने यकिन भएको छैन ।

सिलवालले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई चुनौती दिँदै आफ्नो कार्यसम्पादन मूल्याङ्कन फारामसहित रिट हालेका थिए ।

सिलवालकै मुद्धामा स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै कार्कीविरुद्ध संसदमा आइतबार काँग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाभियोग प्रस्ताव दर्ता हुनेवित्तिकै स्ततः निलम्बन हुने संवैधानिक प्रावधान छ । सोमबार विश्व मजदुर दिवसका कारण सार्वजनिक  विदा परेकाले कायममुकायम प्रधानन्यायधीश गोपाल पराजुलीको पहिलो हाजिरमा सो मुद्दाको सुनुवाई स्थगित भएको हो ।

गएको चैत २८ गते सरकारले प्रहरी महानिरिक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेपछि सिलवालले कार्यसम्पादन मूल्यांकनमा आफ्नो नम्बर अर्यालको भन्दा बढी रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले अर्यालअघि आइजीपी नियुक्त गरेका डिआइजी जयबहादुर चन्दको नियुक्ति अदालतले बदर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ