arrow

काठमाडौं र ललितपुरमा एमाले-राप्रपा गठबन्धन, उपमेयरमा राजाराम श्रेष्ठ

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
CPNUML_RPP.png

काठमाडौं । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा एमाले र राजावादी शक्तिका रुपमा रहेको राप्रपाबीच गठबन्धन जुटेको छ । मंगलबार विहानैदेखि सुरु भएको बैठकले दुबै महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार उठाउने र राप्रपालाई उपमेयर दिने सहमति गरेको हो । 


काठमाडौं महानगरको मेयरमा विद्यासुन्दर शाक्यलाई उठाउने निर्णय भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । ढकालका अनुसार ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने निर्णय पनि एमालेले गरेको छ । उपमेयरमा भने राप्रपाका उम्मेदवार उठ्नेछन् । 


उता, काठमाडौं महानगरपालिकामा उपमेयरमा भने राप्रपाका राजाराम श्रेष्ठ हुने पक्कापक्की भएको छ । मंगलबार श्रेष्ठसँगको कुराकानीमा उनले आफू उपमेयरमा उठ्ने जनाउ दिए । गठबन्धन नभएको भए उनी मेयरको लागि राप्रपाको उम्मेदवारको रुपमा चर्चामा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ