arrow

हेटौंडा उपमहानगरपालिकामा अन्तिम समयमा काँग्रेस-माओवादी गठबन्धन 

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
congress_Moistcenter.JPG

काठमाडौं । मनोनयन दर्ताको अन्तिम समयमा नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रबीच हेटौंडा उपमहानगरपालिकाको मेयर तथा उपमेयरको लागि चुनावी तालमेल भएको छ । मंगलबार अबेर माओवादी र काँग्रेसका नेताहरुबीच गठबन्धन जोडिएको छ । 

 

हेटौंडा उपनगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवारी दिएका आनन्दराम पराजुलीलाई माओवादी केन्द्रले समर्थन गर्ने र माओवादीका उपमेयरका उम्मेदवार बलराम बललाई कांग्रेसले समर्थन गर्ने सहमति भएको माओवादीबाट मकवानपुर क्षेत्र न‌ं ४ का पूर्व सांसद् कुमारी मोक्तानले जानकारी दिइन्।

 

त्यसैगरी, थाहा नगरपालिकामा पनि माओवादीका लवशेर विष्ट दुबै पार्टीका साझा उम्मेद्वार हुनेछन् भने कांग्रेसका खड्ग गोपाली उपमेयरका साझा उम्मेद्वार बन्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ