arrow

एकै ठाउँमा आधा दर्जन सकेट बम, सेनाद्वारा नष्ट

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
socket-bomb.jpeg

गाईघाट । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–२ स्थित सिरबानी गाउँको एक कृषकको घरनजिकै भेटिएका ६ थान सकेट बमलाई नेपाली सेनाको भवानी दल गुल्म, ताराघारी, कटारीको टोलीले नष्ट गरेको छ । 

नेपाली सेना भवानी दल गण, उदयपुर बोक्सेका अनुसार स्थानीय एक कृषकको घरनजिकै बमजस्तो वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए भने प्रहरीले तत्काल सेनालाई खबर गरेको थियो । 

भवानी दल गुल्म ताराघारी कटारीका क्याप्टेन भरत गिरीको नेतृत्वमा गएको ६ जनाको बम डिस्पोजल टोलीले घटनास्थलमा गएर बम नष्ट गरेको भवानी दल गण उदयपुर बोक्सेका प्रमुख सेनानी सुमन खड्काले बताए । 

बम विगतमा माओबादी द्वन्द्वकालमा छाडिएको वा कसैले लुकाएको हो यस विषयमा भने अध्ययन भइरहेको पनि सेनाले बताएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ