arrow

काँग्रेसबाट सबै स्थानीय तहमा उम्मेदवारी, केही ठाउँमा निर्विरोध निर्वाचित

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
congress-flag2.jpg

काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । 

नेपाली काँग्रेस केन्द्रीय कार्यालयद्वारा एक विज्ञप्ति जारी गरी सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसले ३४ जिल्लाका सबै स्थानीय तहमा आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।’

पहिलो चरणअन्तर्गत हुन लागेको तीन प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एकसय ८६ गाउँपालिकामा निर्वाचनमा भाग लिएको तथा केही गाउँपालिकाको प्रमुख र वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको समेत जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ