arrow

चार जिल्लामा निर्वाचन अघि नै कांग्रेसका को को भए निर्विरोध (नामावली सहित)

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
congress-123.jpg.jpeg

काठमाडौ। काँग्रेसले देशभर आफ्नो पार्टीका तर्फबाट निर्विरोध निर्वाचित भएकाहरु जानकारी सार्वजनिक गरेको छ। मंगलबारकाे मनोनयन दर्ताका क्रममा अाफ्नाे पार्टीकाे मात्र उम्मेदवारी परेर निर्विरोध भएकाहरुको बारेमा जानकारी गराएको हो।

काँग्रेस प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखका अनुसार मनाङमा नारफु गाउँपालिकाको अध्यक्षमा मिङ्मा छिरिङ लामा निर्काेविरोध भएका छन्, भने म्याग्दी, गोरखा, सिन्धुपाल्चोकका कतिपयमा वडा अध्यक्ष र वडा सदस्यहरुमा पनि एक-एक जनाकाे मात्रै उम्मेदवारी परेपछि उनीहरु पनि निर्विरोध भएका हुन्।

म्याग्दीको रघुगंगा गाउपालिका वडा नम्वर ३ मा अध्यक्ष एक बहादुर गर्वुजा र वडा नम्वर ८ बाट काँग्रेसका वडा सदस्यहरु खमबहादुर छन्त्याल प्रिति गर्वुजा र यामकुमाररी गोतामे घर्ती निर्विरोध भएका छन्। गोरखाको चुम्नपी गाउपालिका वडा नम्वर १ को अध्यक्षमा विर बहादुर लामा, वडा नम्वर ३को अध्यक्षमा पेम्वा रितार र वडा नम्वर ५मा सोपा ग्याल्तेन लामा गुरुङ निर्विरोध निर्वाचित भएका छन्। सिन्धुपालचोकको पाखर पाउपालिकाबाट सुनिता सुनार पनि निर्विरोध भएकी छन्। 

नेपाली कांग्रेसले दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गरेकै दिन वियज यात्राको शुभारम्भ गरेको नेपाली कांग्रेस स्थानीय निर्वाचन २०७४ केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले बताए ।  यस्तै काँग्रेसले नयाँ व्यवस्था अनुसार सात जिल्लामा नगरपालिका र गाउँपालिका प्रमुखमा महिलालाई उम्मेदवार बनाएकाे छ ।

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ