arrow

एमालेकी महिला उम्मेदवारले पासो लगाएर गरिन् आत्महत्या

गोजीमा चुनावी खर्च भएन

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
phasi_-news.jpg

धादिङ । धादिङ्को धुनीबेंसीमा एमालेबाट दलित आरक्षित सदस्य पदमा उम्मेदवारी दिएकी एक महिलाले आत्महत्या गरेकी छन् । मंगलबारमात्रै धुनीबेंसी–३ को महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले पासो लगाई आत्महत्या गरेकी हुन् ।

धुनीवेंसी—३ थुम्कीमा बस्ने ३५ वर्षीया मिजारले एमालेबाट उम्मेदवारी दर्ता गरेकी थिइन् । उम्मेदवार भएपछि घरमा चुनावी खर्चका बारेमा झगडा भएको स्थानीयले बताएका छन् ।

खेती किसानी गर्ने एवं आर्थिक अवस्था सामान्य भएकी मिजारले मंगलबार राती नै पासो लगाई आत्महत्या गरेकी प्रहरीले जनाएको छ । यसअघि रसुवामा निर्वाचन अधिकृतले खादाको पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ