arrow

काँग्रेसले गाउँपालिका र नगरपालिकाको प्रमुखमै उठायो महिला, को-कहाँबाट ?

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
congress-123.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसले सात जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकामा महिलालाई नै प्रमुखको उम्मेदवार बनाएको छ । वुधबार पत्रकार सम्मेलन गरेर काँग्रेसले सात जिल्लामा नगरपालिका र गाउँपालिका प्रमुखमा महिलाकै उम्मेदवारी परेको जानकारी दिएको हो ।

सिन्धुलीको दुधौली नगरपालिकामा गंगा दंगालको उम्मेदवारी परेको छ । जुम्लाको चन्दननाथ नगरपालिकामा कान्तिका सैजुवाल, मकवानपुरको थाहा नगरपालिकामा पवित्रा विष्ट महतले प्रमुख पदका लागि उम्मेदवारी दिएकी छन् ।

चितवनको इच्छा कामना गाउँपालिकामा गिता गुरुङ, तनहुँको म्याग्दे गाउँपालिकामा माया राना, लम्जुङ्को दुधपोखरी गाउँपालिकामा छुपीमाया गुरुङ र नवलपरासीको हुम्सेकोट गाउँपालिकामा लक्ष्मी पाण्डेको उम्मेदवारी परेको छ ।

प्रमुख राजनीतिक दलहरुले महिलालाई स्थानीय तहको उपप्रमुखमा मात्रै सिमित राखेको आलोचना भइरहेका बेला काँग्रेसले प्रमुखमै महिलालाई स्थान दिएको बताइएको छ । निर्वाचन ऐनले ५० प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ । काँग्रेसले मकवानपुर, धादिङ, दोलखा, म्याग्दी र बाग्लुङमा तालमेल गरेको समेत जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ