arrow

परराष्ट्रमन्त्री महत सिंगापुर प्रस्थान, शुक्रबार दिल्ली जाने 

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
mahat-new-photo.jpeg

काठमाडौं । परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत सिंगापुर प्रस्थान गरेका छन् । थाइल्याण्डस्थित नेपाली राजदूतावास र सिंगापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासद्वारा बिहीबार सिंगापुरमा आयोजना गरिएको नेपाली पर्यटन, व्यापार तथा लगानीसम्बन्धी सम्मेलनमा सहभागिताका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

 

मन्त्री महतले सिंगापुरमा रहँदा सम्मेलनलाई सम्बोधन गर्नुका साथै सिंगापुरका विदेश मामिला एवम् मानव संशाधनसम्बन्धी उपमन्त्री जोसेफिन तेओसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्री महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । 

 

परराष्ट्र मन्त्री डा.महत शुक्रबार सिंगापुरबाटै भारत जाने कार्यक्रम रहेको छ । भारतीय राजधानी नयाँ दिल्लीमा रहेको नेपालका लागि विभिन्न मुलुकका गैर आवासीय राजदूतहरुको सम्मेलन यही मे ५ देखि आयोजना गरिएकोले उनी दिल्ली जाने भएका हुन् । 

 

दुईदिने उक्त सम्मेलनको परराष्ट्रमन्त्री डा.महत र भारतीय विदेशमन्त्री सुषमा स्वराजले संयुक्त रुपमा उद्घाटन गर्ने भएका हुन् ।  

 

सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत आर्थिक विकास, व्यापार तथा लगानी प्रवर्धन, पर्यटनलगायतका विषयमा परराष्ट्र सचिव शङ्करदाश बैरागीसहित नेपाल र भारतका विज्ञहरुको प्रस्तुती रहने छ । मन्त्री डा.महत आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ