arrow

काँग्रेसले वागी उम्मेदवारलाई दियो यस्तो कडा चेतावनी 

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
congress-flag1.jpg

काठमाडौं । नेपाली काँग्रेसले पार्टीले उठाएको आधिकारिक उम्मेदवार विरुद्ध कोही कार्यकर्ताले उम्मेदवारी दिएका भए उनीहरुलाई निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन तोकेको समय बैशाख २१ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिएको छ । 

 

बुधबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै त्यसरी कसैले वागी उम्मेदवारी दिएको भए तोकिएको मितिमा उम्मेदवारी फिर्ता गरी आधिकारिक उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका हुन् । 

 

यदि पार्टीको निर्देशन नमानी वागी उम्मेदवारी फिर्ता नगर्ने उम्मेदवारलाई नेपाली काँग्रेसको विधान २०१७ (परिमार्जन तथा संशोधन)को धारा ४९(११) अनुसार पार्टीबाट निस्कासन गर्ने चेतावनी दिएको हो । 
Displaying press release.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ