arrow

तीन महानगरमा काँग्रेस र माओवादीको तालमेल

काठमाडौं र पोखरामा काँग्रेसको मेयर, चितवनमा माओवादीको

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
cong-maobadi.jpg

काठमाडौं । प्रमुख विपक्षी एमालेले उम्मेदवारी दर्ता अघि नै काठमाडौँ र ललितपुरमा चुनावी तालमेल गरेपछि प्रमुख सत्ता साझेदार काँग्रेस र माओवादी केन्द्र पनि तालमेलमा जुटेका छन् ।

काँग्रेस र माओवादीले काठमाडौँ, पोखरामा चुनावी तालमेल गर्ने भएका छन् । काठमाडौं र पोखरामा माओवादीले काँग्रेसलाई मेयर छोड्ने, चितवनमा काँग्रेसले माओवादीलाई मेयर छोड्ने सहमति भएको काँग्रेस महामन्त्री शशांक कोइरालाले जानकारी दिए ।

काठमाडौ महानगरपालिका र पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रले नेपाली काँग्रेसलाई सहयोग गर्ने र चितवनको भरतपुर महानगरपालिकामा काँग्रसले माओवादी केन्द्रलाइ सहयोग गर्ने सहमति भएको हो ।

काठमाडौं महानगरमा काँग्रेसबाट राजुराज जोशी र पोखरामा रामजी कुँवर मेयरमा उठेका छन् । भरतपुर महानगरमा प्रधानमन्त्री  पुष्पकमल दाहालकी छोरी रेणु दाहालले मेयरमा उम्मेदवारी दिएकी छन् । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकबाट चुनाव लडेकी रेणुलाई मेयर बनाउनकै लागि पनि माओवादीले काँग्रेसलाई दुई महानगरमा सघाउन तयार भएको हो ।  

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि मनोनयन फिर्ता लिने समय विहिबार सकिदै छ।

पहिलो चरणमा हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलहरुले आपसी तालमेल गरेर चुनावी मैदानमा जाने रणनीति बनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ