arrow

देउवालाई सिटौलाले भने-आफ्नै उम्मेद्वारको टिकट खोसेर माओवादीलाई दिने गल्ती नगर्नुस

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
deuba_sitaula.jpeg

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेता कृष्ण सिटौलाबीच माओवादी केन्द्रसँग तालमेल हुने नाममा भएको लेनदेनप्रति गम्भीर असहमति जनाएका छन्। स्थानिय तहको चुनावको सन्दर्भमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेलका नाममा ३ वटा महानगरपालिकामा भएको लेनदेनका बिषयमा काँग्रेस नेता सिटौलाले असहमति जनाएका हुन्। 

पार्टी सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डबीच काठमाडौं महानगरपालिकामा र पोखरा-लेखनाथ महानगरपालिकामा मेयरमा काँग्रेसलाई र भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई सहयोग गर्नेगरि दुई पार्टी नेतृत्वबीच सहमति भएको थियो। सोहि सहमतिलाई देउवाले पार्टीका नेताहरुबीच अनुमोदन गराउने प्रयास गरेका थिए । 

नेताहरुबीच सभापति देउवाले दुई महानगरपालिकामा आफूहरुलाई माओवादीले सहयोग गर्ने र भरतपुरमा माओवादीलाई समर्थन गर्नुपर्ने सहमति भएकोले सहयोग गर्न नेताहरुलाई आग्रह गरेका थिए । बुधवार यस बिषयमा सामान्य चर्चा भएपनि बिहिवार फेरि यस बिषयमा टुङगो लगाउन देउवाले नेताहरुलाई बोलाएका थिए। 

वैठकमा अन्य नेताहरुले खासै प्रतिक्रिया नदिएपनि नेता सिटौलाले भने देउवाको भनाइमा प्रतिवाद गरेका थिए। उनले २० बर्षपछि हुन लागेको स्थानिय तहको चुनावमा देखिएको उत्साह र चासोमा यो निर्णयले हतोत्साहि बनाउने बताए । ' कि शुरुमै निर्णय लिन सक्नुपर्‍थ्यो नभए स्थानियस्तरमा निर्णय गर्न छोड्नुपर्‍थ्यो ' सभापतिसँग असहति जनाउँदै वैठकमा सिटौलाले भने, 'टिकट दिएर उमेद्वार भएपछि अर्को पार्टीका लागि उमेद्वारी फिर्ता लिने कुरा काँग्रेसको इतिहासमै पहिलो हुन्छ। यस्तो गम्भिर गल्ति नगर्नुस। ' यसले पार्टीलाई पनि फाइदा गर्दैन कार्यकर्ताहरुको पनि मनोवल उच्च हुँदैन उनले थपेको वैठकमा रहेका एक नेताले बताए। 

पार्टी भित्रको आन्तरिक समिकरणमा काठमाडौंमा रामचन्द्र पौडेल, शशांक कोइराला रु प्रकाशमानसिंह निकट राजुराज जोशीले टिकट पाएका छन् भने पोखरामा देउवा र अर्जुननरसिंह केसी निकट रामजी कुँवरले टिकट पाएका छन्। भरतपुरमा भने सिटौला निकट दिनेश कोइरालाले टिकट पाएका थिए। दिनेशले टिकट पाएदेखिनै विरोध गर्दै आएका पौडेल तथा निकट नेताहरु पनि सिटौलाले आफ्नो कुरा राख्दा प्रतिक्रियाविहिन भएर बाहिरिएका थिए। उनीहरुले पार्टी सभापतिलाई मौन समर्थन जनाएका थिए। 

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले आफ्नी छोरी रेणु दाहालको लागि अन्य दुई महानगरको नेतृत्व छोड्न तयार भएका हुन्। उनले गठवन्धनलाई अझ वलियो बनाउन भन्दै देउवासँग आफ्नी छोरीका लागि भरतपुर छोड्न आग्रह गरेका थिए। निकटमा सत्तारोहणको तयारीमा रहेका देउवाले प्रचण्डको प्रस्तावलाई टार्न नसक्दा पार्टीभित्र एक पक्ष आक्रोशित भएको छ भने चितवनमा भने आम कार्यकर्ताहरु रुष्ट भएका छन्। 

मेयर एउटा पार्टीबाट र उपमेयर एउटा पार्टीबाट गर्दा काठमाडौं र पोखरामा पनि काँग्रेसले उपमेयर छोड्नुपर्ने सहमति छ भने माओवादीले भरतपुरमा उपमेयर छोड्नुपर्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ