arrow

सूर्खेतका स्थानीय तहमा काँग्रेसका उम्मेदवारहरु को कस्ता ? 

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
congress-flag2.jpg

काठमाडौ । स्थानीय तहकाे निर्वाचनको मिति तय भएर अहिले मतदाताहरुको घरदैलोमा भोटमाग्न जाने समय पनि आर्इसकेको छ । उम्मेदवारहरु कुन् पार्टीका कस्ता छन् भनेर मतदाताहरुले खाेजी गर्ने समय पनि भर्इसकेको छ । 

पहिलो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले चुनावी प्रचारप्रसार पनि तीव्र पारिरहेका छन् । त्यही तीव्रताकाबीच ६ नं प्रदेशमा पर्ने सूर्खेतका उम्मेदवार कस्ता छन् भन्ने विषयमा तल प्रस्तुत गरिएको छ । 

विरेन्द्रनगर नगरपालिका 

देवकुमार सुवेदी
बिरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा देवकुमार सुवेदीलाई अघि सारेको छ । उनी विरेन्द्रनगर पार्टीको नगर सभापति हुन् । सुवेदी १२ नगरअधिवेशनबाट नगर सभापति निर्वाचित भएका थिए । उनी सुर्खेत शिक्षा क्याम्पसको स्ववियु सभापति हुदै नेविसंघको पूर्व केन्द्रीय सदस्य समेत रहेका थिए । 

जानकी सिंह
विरेन्द्रनगर नगरपालिकामा नेपाली कांगेसले उपप्रमुख पदमा जानकी सिंहलाई उठाएको छ । उपप्रमुख उम्मेदवार सिंह २०४६ साल भन्दा अघिदेखि नै राजनीतिमा सक्रिय थिए । उनी १२ औं महाधिवेशनमा पार्टीको महाधिवेशन प्रतिनिधि थिए । उनी महिला संघको जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै हाल महिला संघको केन्द्रीय कोषाध्यक्ष छन्  । 
उनी ०६२–०६३ सालको आन्दोलनमा सक्रिय सहभागिता जनाउने क्रममा गिरफ्तार भएका थिए भने तत्कालिन लाटिकोइली गविसको  वडा–७ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

भेरीगंगा नगरपालिका 
भूपेन्द्र चन्द 

भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले भूपेन्द्र चन्दलाई प्रमुखमा उम्मेदवार बनाएको छ । २०४७ सालदेखि नेपाली कांगे्रसमा आबद्ध भएका चन्द पञ्चायत विरुद्धको अन्दोलनमा सक्रिय भएवापत ३ महिना जेल परेका थिए । शिक्षण पेशामा आवद्ध गाउँ इकाइ सभापति हुँदै महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारीमा रहेर काम गर्नुभएका नेता थिए । उनी द्वन्द्वकालमा नेपालगन्ज विस्थापित भएको थिए । 

रेणु ढकाल 
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेकी रेणु ढकाललाई नेपाली काँग्रेसले भेरीगंगा नगरपालिकाको उपप्रमुखमा अघि सारेको छ । 
ढकाल १२ जिल्ला अधिवेशनबाट पार्टीको जिल्ला सदस्य बनेकिथिईन् । युवा नेतृ ढकालले स्नातकसम्मको अध्ययन गरेकी छिन् । उनी सामाजिक क्षेत्रमा अग्रसर महिला थिईन् । 

गुर्भाकोट नगरपालिका
हस्त पुन

गुर्भाकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसले हस्त पुनलाई उम्मेदवार बनाएको छ । पूर्व जिल्ला सदस्य पुन हाल गुर्भाकोट नगर कार्य समितिका सभापति छन् । पुनले स्नातक सम्मको अध्ययन गरेका छन् । 

मैन वि.क 
नेपाली काँग्रेसले गुर्भाकोट नगरपालिकामा दलित महिला मैना विकलाई उपप्रमुखमा उम्मेदवार बनाएको छ । महिला संघको जिल्ला कोषाध्यक्ष पदमा रहेर काम गरिसकेकी विक हाल पार्टीको महाधिवेशन प्रतिनिधि छन् । 

पञ्चकुमारी नगरपालिका
उपेन्द्र थापा

पञ्चकुमारी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले पूर्व गाविस उपाध्यक्ष उपेन्द्र थापालाई प्रमुखमा उम्मेदवार बनाएको छ । थापा २०४९ मा गाविस उपाध्यक्षका रूपमा जनप्रतिनिधि भई काम गरिसकेको व्यक्ति हुन । २०५४ मा भने गाविस उपाध्यक्षमा पराजित भए । अघिल्लो पटक पार्टीको का.वा. सभापतिको जिम्मेवारी रहेका थापा हाल महासमिति सदस्य छन् । थापाले एसएलसी सम्मको अध्ययन गरेका छन् । 

मुक्तिदेवी रेग्मी पुरी
पञ्चकुमारी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसले मुक्तिदेवी रेग्मी पुरीलाई उम्मेदवार बनाएको छ । सामाजिक क्षेत्रमा अग्रसर पूरी महिला संघको क्षेत्रीय सभापति छन् । विद्यार्थी कालमा नेपाल विद्यार्थी संघको सक्रिय उहाँ क्षेत्र नम्बर ३ को क्षेत्रीय सदस्य छन् ।

लेकबेसी नगरपालिका 
उमेशकुमार पौडेल

लेकवेसी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसले उमेशकुमार पौडेललाई उम्मेदवार बनाएको छ । पाटन क्याम्पसको नेविसंघ इकाइ सभापति समेत रहेका पौडेल जिल्लाकै उत्कृष्ट गाईपालक व्यवसायीका रुपमा मानिन्छन् । उनी शिक्षक रहेका थिए । 

निलमति वि.क
नेपाली कांग्रेसले लेकबेसी नगरपालिकामा नेपाल महिला संघकी जिल्ला कोषाध्यक्ष निलमति विकलाई उपप्रमुखममा उम्मेदवार बनाएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सहकारी संस्थाको अध्यक्ष रहेकी विक घरेलु विकास समितिको ट्रेनरको रुपमा काम गरेका छन् । वि.कले आईएसम्मको अध्ययन गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ