arrow

सीमा क्षेत्रमा भेटियो व्यवारिसे पेस्तोल

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
pestol_kanchanpur.jpg

पुनर्बास,कञ्चनपुर। सीमा क्षेत्रमा सुरक्षा ब्यबस्थामा सक्रियता बढाएको नेपाल प्रहरीको गस्ती टोलीले शुक्रबार पुनर्बासको कंकरबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।

 

प्रहरी चौकी बिचफाँटाको प्रहरीको टोलिले नियमित गस्तीको क्रममा नेपाल भारत सीमा स्तम्भ नम्बर १९७ देखि ५०० मिटर सुनसान क्षेत्रबाट बेवारिसे अबस्थामा भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।

 

शान्तिसुरक्षा सुदृढ बनाउन प्रहरी सहायक निरिक्षक लोकेन्द्र ठगुन्नाको नेतृत्वमा परिचालित प्रहरीको टोलीले बेवारिसे अबस्थामा भेटिएको बन्दुक बरामद गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ