arrow

कार्की विरुद्धको महाभियोगको अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश 

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
suprem-court.jpeg

काठमाडौं । प्रधानन्यायाधीस सुशीला कार्कीमाथि लगाईएको महाभियोगको प्रस्ताव अघि नबढाउने सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार दुई दिन लामो बहस पछि न्यायाधीस चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो आदेश गरेको सो मुद्दा दायर गरेका अधिवक्ता सुनिल रञ्जन सिंहले जानकारी दिए । 

 

बुधबार अधिवक्ता सिंहले नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबार, नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबार र व्यवस्थापिका स‌ंसद् सचिवालय समेतलार्इ विपक्षी बनार्इ दायर गरेको रिटमा बिहीबारदेखि बहस सुरु भएको थियो । 

 

मुद्दामा सिंहले सर्वोच्च अदालतका प्रधानन्यायाधीश माथि मुद्दाको फैसला र विचाराधीन मुद्दालाई समेत टेकेर व्यक्तिगत चरित्र हत्या हुने गरी महाअभियोग दर्ता गराईको विषय वस्तु नेपालको संविधानको उलघंन भएको आरोप लगार्इएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ