arrow

नाइजेरियाका बालबालिकाको अवस्थाप्रति युनिसेफ चिन्तित

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
UNICEF.jpeg.jpeg
लागोस । नाइजेरियामा जारी रहेको हिंसाका कारण त्यहाँका बालबालिकाको शिक्षाको अवस्था बिग्रिएकोमा संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घीय बालकोष, युनिसेफले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा नाइजेरियाका कम्तीमा पनि १० लाख बालबालिका शिक्षाबाट वञ्चित भएको देखिएको जनाइएको थियो । 
 
नाइजेरियामा बोको हराम नामको सो आतङ्ककारी सङ्गठनको ज्यादतीबाट त्यहाँका बालबालिकामा त्रास छाएको र उनीहरु शिक्षाबाट वञ्चित हुन पुगेको जानकारी उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ । हिंसाका कारण अहिलेको युगमा पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु भनेको निकै नै लज्जास्पद विषय हो भन्दै बालबालिकालाई कम्तीमा पनि विद्यालय जान पाउने वातावरण मिलाउन सबै पक्षसँग आग्रह गरेको छ । 
 
यस आतङ्कबाट नाइजेरिया, क्यामरुन, चाड र नाइजरमा पनि बालबालिकाको शिक्षा प्रभावित भएको पाइएको सो संस्थाको अनुसन्धानमा पाइएको उल्लेख छ । ती देशमा कम्तीमा पनि दुई हजार वटा विद्यालय बलजफ्ती बन्द गराइएको छ । त्यसैगरी बोकोहरामले कतिपय विद्यालयलाई नै ध्वस्त बनाएका छन् भने कतिपयमा आगो लगाइदिएका छन् । 
 
बोको हरामले नाइजेरियामा पश्चिमा देशको शिक्षा लागू गरेको भन्दै ती विद्यालयमाथि नै आक्रमण गर्ने गरेका छन् । उनीहरुले त्यहाँबाट बालबालिकालाई अपहरण गरेर लग्ने गरेका छन् । यो अवस्थाका कारण नाइजेरिया र आसपासका देशमा शिक्षाको अवस्था कमजोर बन्दै गएकोले यस गम्भीर अवस्थाका बारेमा सबैले सोच्नुपर्नेमा पनि युनिसेफले जोड दिएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ