arrow

अदालतको फैसला अप्रत्यासित : विश्वकर्मा

विचारको कार्यान्वयन पछि हुन्छ आदेशको कार्यान्वयन अहिलै हुन्छ : भट्टराई

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
suprem-court.jpeg

काठमाडौं । प्रधानन्यायाधीस सुशीला कार्की विरुद्ध महाभियोग प्रस्तावका प्रस्तावक मीन बहादुर विश्वकर्माले सर्वाेच्च अदालतबाट अप्रत्यासित आदेश आएकोमा आफूहरु अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।

प्रधान न्यायाधीस सुशीला कार्की माथि लगाईएको महाभियोग प्रस्ताव व्यवस्थापिका संसद्मा अघि नबढाउन  न्यायाधीस चोलेन्द्र शम्शेर जवराको एकल इजलासले अन्तरिम आदेश दिएसँगै हाम्राकुरासँग कुराकानी गर्दै सांसद् विश्वकर्माले यो अप्रत्यासित आदेश पछि कसरी अघि बढ्ने भन्ने विषयमा सरकार र सांसद्हरुबीच छलफल गरेर मात्रै निष्कर्षमा पुगिने बताए । 

शुक्रबार सर्वोच्चका न्यायाधीस चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो आदेश जारी गरेपछि एकाथरीले संसदीय पद्धतिमा जनताको अधिकार खोसिएको तर्क गरेका छन् भने एकाथरीले यसलाई स्वभाविक मानेका छन् । 

उता, महाभियोग पछि कानूनविद् टीकाराम भट्टराईले सर्वाेच्च अदालतको आदेश सबैले मान्नुपर्ने बताएका छन् । उनले जनप्रतिनिधिमूलक संस्थाको सम्मानको कुरा उठेको तर्फ संकेत गर्दै त्यो विचार रहेको र अदालतको यो आदेश रहेकोले विचारको विषयमा पछि छलफल हुने तर आदेश तत्कालै बाध्यकारी हुने भएकोले महाभियोगको विषय संसद्को कार्यसूचीबाट हटाउनुपर्ने प्रतिक्रिया दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ