arrow

तरुण दलको चेतावनी : अदालतबाटै लोकतन्त्रको घाँटी निमोठिए चुपलागेर बस्दैनौ‌ं

logo
प्रकाशित २०७४ वैशाख २३ शनिबार
Tarun_Dal_convention1.jpg

काठमाडौं । नेपाल तरुण दलले लोकतन्त्रको घाँटी निमोठ्ने काम न्यायपालिकाबाटै हुन थालेको आभास भएको जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै तरुण दलका अध्यक्ष जीत जंग बस्नेतले तरुण दलको आग्रह र धैर्यतालाई बेवास्ता गर्दै इतिहासको यस कालखण्डमा आएर न्यायालयबाटै निरंकुशता तर्फ उन्मुख र देशलाई मूठभेडतिर लैजाने सन्काहा प्रवृत्तिबाट गरिएको लोकतन्त्र मास्ने निर्णय गरिन्छ भने त्यस्ता निर्णयका विरुद्ध देशका लाखौं तरुणहरु सशक्त रुपमा विरोधमा उत्रन बाध्य हुने उनको चेतावनी थियो । 

 

नेपाली जनताले राजनीतिक स्वतन्त्रता र आर्थिक संबृद्धिको लागि ६ दशक भन्दा लामो समय सामन्तबादी र फाँसीबादी विरुद्ध बलीदानी संघर्षगरी नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको यथार्थ भुलेर नेपाली जनतालाई फेरि पनि निरंकुशता तर्फ धकेल्ने कुचेष्टा जहानीया भूत भिजिलान्तेहरुले गरेको बस्नेतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

 

तरुण दलले नेपाल विकासको बाटोमा हिँड्न लागेको बेलामा यावत गैर न्यायिक क्रियाकलाप गरेर देशलाई नै अस्थिरताको शिकार बनाउने खेल तत्काल नरोकिए तरुण दल कडा आन्दोलनको विजारोपण गर्न तयार रहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ