arrow

स‌ंघीय समाजवादी फोरम र नयाँशक्तिमाथि निर्वाचन आयोगको कारबाही 

logo
प्रकाशित २०७४ वैशाख २३ शनिबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौँ। निर्वाचन आयोगले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेकाले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ । 

ती पार्टीका मेयरका उम्मेदवार जनक थापाको नाममा आयोगले सो आदेश जारी गरेको हो । आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अनुगमनको क्रममा सप्रमाण फेला पारी तत्काल ¥याली रोक्ने कार्यसमेत भएको छ । मेयरका उम्मेदवार थापाले प्रचार–प्रसारका लागि बैशाख २३ गते दिनको १२:३० बजे निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेको पाइएको छ । 

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘‘निर्वाचन आचारसंहिताविपरीत काम कारबाही गरेको कसूरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबिस घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’’ निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘‘निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको ¥याली गर्न वा गराउन नहुने’’ उल्लेख छ । 

यसैगरी, आयोगले निर्वाचन आचारसंहिताविपरीत काठमाडौबाट सञ्चालित एक अनलार्इनले काठमाडौं महानगरपालिका मतदातालाई ‘हामीले सोध्यौं तपाई कसलाई भोट हाल्नु हुन्छ किन ?’ भन्ने शीर्षकमा मतसर्भेक्षण तथा मतदाताको धारणा सङ्कलन गरेकोप्रति पनि आयोगको सख्त ध्यानाकर्षण भएको जनाएको छ । 

आम जनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई वेवास्ता गरी नागरिक हकविपरीत सर्भेक्षण कार्य गर्न निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएको हुँदा अब आइन्दा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न÷नगराउन आयोगले निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ