arrow

रुकुममा कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट

, ११ कार्यकर्ता र २ कर्मचारी  घाइते 

logo
गणेश खनाल,
प्रकाशित २०७४ वैशाख २३ शनिबार
congress_Moistcenter1.JPG

रुकुम । रुकुममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको छ ।  जिल्लाको मुसिकोट नगरपालिका २ र चौरजहारी नगरपालिका १२ र १४ मा शनिबार झडप  भएको हो ।  दुवै स्थानमा भएको घटनामा परि माओवादीका ९ जना र कांग्रेसका ३ कार्यकर्ता सहित २ कर्मचारी समेत घाइते भएको जिल्ला प्रहरी कार्यलय रुकुमले जानकारी दिएको छ । 

चुनावी प्रचार प्रसारको विषयमा विवाद हुँदा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको प्रहरीको भनाई छ । मुसिकोट नगरपालिकाको झडपमा परी माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार रमेश खड्कासहित जीवन खड्का,डम्बर विक,अनिल पुन मगर,दलबहादुर खड्का र सुभाष खड्का घाईते भएका छन । भने चौरजहारी नगरपालिका भएको झडपमा परी  ललिधार ओली,मोहन कम्वर र विरेन्द्र राणा सहित १० जना  घाईते भएको प्रहरीले जनाएको छ । घाईतहरुको टाउको खुट्टा लगायतको स्थानमा चोट लागेका छ । घाइतहरुको उपचार जिल्ला स्वास्थ्य कार्यालय सल्ले रुकुममा उपचार भईरहेको छ । यस्तै झडपमा  परी कांग्रेसका  २ जना घाईते भएका छन ।

यस्तैगरी दुई  पार्टीबीचको झडपमा २ जना घाईते भएका छन । आफ्नो कामको शिलशीलामा हिँड्दै गर्दा चौरजहारी नगरपालिका १२ भीमवहादुर ओली र मुसिकोट नगरपालिकामा भएको झडपमा भोग बहादुर खड्का गम्भीर घाईते भएका छन् । उनीहरु दुवैको टाउकोमा गहिरो चोट लागेको प्रहरीको भनाई छ । ओलीलाई उपचारका लागि नेपालगञ्ज पठाईएको छ । भने खड्को जिल्ला स्वास्थ्य कार्यलय सल्लेमा उपचार भईरहेको छ । ओली आधारभूत विद्यालय जुम्लिपोखरीका प्रध्यानाध्यापक हुन ।  खड्का जिल्ला कृषि विकास कार्यलय रुकुमका प्रास हुन ।

घटनाको जानकारी लिन भन्दै मुसिकोट नगरपालिकाबाट ४ जना र चौरजहारीबाट २ जना  गरी ६ जना माओवादीका कार्यकर्ता र मुसिकोटबाट काँग्रेसका २ गरी ८ जनालाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । चुनाव प्रचार प्रसारमा खटिएका आफ्ना कार्यकर्तालाई कांग्रेसले हातपात गरेपछि झडप भएको माओवादीले दाबी गरेको छ । चुनावी घरदैलो कार्यक्रम गरी रहेको समयमा माओवादी कार्यकर्ताले कांग्रेको झण्डा च्याते र  कार्यकर्ताहरुले हातपात गरी कपडा च्यातिदिएपछि झडपको स्थिति सृजना भएको कांग्रेसको दावी छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ