arrow

भक्तपुरमा भीषण आगलागी, पाँच घर स्वाहा

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
fire.jpeg

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा बिहान २ बजेदेखि भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिन निकै समस्या भएको छ । 

इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 

आगलागीबाट आठ घरपरिवार बस्दै आइरहेको पाँचवटा घर पूर्णरुपमा ध्वस्त भएको उनले जानकारी दिए । 

इन्द्र शिल्पकार, कृष्ण शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकार, नारायण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको घरमा आगलागी भएको हो । 

बिहान २ः३० बजेदेखि स्थानीय बासिन्दा, नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीसहित भक्तपुरका दुई, काठमाडौँको एक, ललितपुरको दुई र नेपाल प्रहरीको एक गरी छवटा दमकलले बिहानसम्म आगो नियन्त्रणको प्रयास जारी राखेका थिए । 

आगलागीमा मानवीय क्षति नभए पनि घरभित्र रहेका अधिकांश सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ