arrow

सुशीला कार्कीले राजीनामा दिए मात्रै महाभियोग फिर्ता हुने

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
sushila-karki.jpg

काठमाडौं । सरकार र अदालतबीच द्वन्द्व समाधान गरेर अघि बढ्ने सहमति जुटेकै चर्चा चलिरहेका बेला प्रधानन्यायाधीश सुशीला कार्कीले राजीनामा दिए मात्रै महाभियोग फिर्ता हुने कुरा आएको छ । विभिन्न तहमा भएका छलफलपछि न्यायाधीश चोलेन्द्र शम्शेरले दिएको अन्तरिम आदेश निस्तेज पार्ने र महाभियोग फिर्ता लिने समझदारी भएको बताइँदैछ ।

यद्यपि, महाभियोग प्रस्तावका प्रस्तावक एवं काँग्रेस सांसद मीन बहादुर विश्वकर्माले कार्कीले राजीनामा दिएको खण्डमा मात्रै महाभियोग फिर्ता हुने बताएका छन् । उनले भने, ‘सभामुखले नै पत्रकार सम्मेलन गरेर भनिसक्नु भयो । यो संसदको विशेषाधिकार हनन् हो भनेर । हामीबीच के समझदारी भएको छ भने कार्कीले राजीनामा दिए मात्रै महाभियोग फिर्ता हुन्छ । अन्यता हुँदैन ।’ फिर्ता लिने भनेर अहिले नै हुँदैन जेठ ४ गतेको संसद बैठकले त्यसको छिनोफानो गर्छ । संसदमा टेबुल भएर छलफल पछि मात्रै फिर्ता हुने हो, उनले भने, ‘भन्ने वित्तिकै फिर्ता हुँदैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल तथा काँग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार साँझ भएको बैठकमा महाअभियोग फिर्ता लिनेबारे छलफल भएको थियो । महाभियोग फिर्ता लिने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग पनि परामर्श भएको छ ।

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा दिने चर्चा चलेको भन्दै महाभियोग प्रस्ताव फिर्ता लिन समय लाग्ने बताए । उनले भने, ‘चुनाव अहिलेको मूख्य आवश्यकता भएकाले संसद ४ जेठ सम्म सारिएको हो । यो बीचमा अदालतले पनि कुनै गतिविधि गर्नु भएन भन्ने हो । संसदले महाभियोग फिर्ता लिएर सोलुसन निस्कने भएका खण्डमा पनि जेठ ४ पछि नै यसको टुंगो लाग्छ ।’ तत्काल कसैले केही गतिविधि गर्नु हुँदैन । संसद र सरकारले चुनावलाई ध्यान दिए जस्तो न्यायालयले पनि व्यवहारिकतालाई बुझ्नु पर्दछ ।


यता, प्रधान न्यायाधीशले अदालत फर्केपछि अन्य न्यायाधीससँग छलफल गरेर विकल्प खोजेकी छन् । सर्वोच्चले महाअभियोग प्रस्ताव अगाडि नबढाउन आदेशदिएपछि आफ्नो काममा फर्केकी कार्की विदा बस्ने सम्भावना देखिएको छ । ६५ बर्षे उमेरहदले प्रधानन्यायाधीश कार्की जेठ २५ गतेबाट सेवानिवृत हुँदैछिन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ