arrow

स्थानीय तहका उम्मेदवारको जानकारी अब हाम्राकुरामा

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार

काठमाडौं । तपाईलाई कुन् स्थानीय तहमा कसको उम्मेदवारी परेको छ भन्ने कुरा खोज्न अब धेरै मेहेनत गर्नुनपर्ने भएको छ । सयौंको संख्यामा नेता बन्ने स्थानीय तहको निर्वाचनमा आफूलाई चाहिएको स्थानीय तहका नेता बन्न को को प्रतिस्पर्धी छन् त ? भन्ने कुरा जान्नको लागि अब तपाईले धेरै झण्झट बेहोर्नु पर्दैन । यी सबै झण्झटबाट मुक्त पार्ने काम हाम्राकुराले गर्नेभएको छ । हाम्राकुराले तयार पारेको कम्प्युटरकृत सिस्टमले एकै क्लिकमा तपाईले खोजेको स्थानीय तहका उम्मेदवारहरुको नामावली थाहा पाउने व्यवस्था गरेको छ । 

 

हामीले अहिले पहिलो चरणको निर्वाचन हुने तीन प्रदेशहरु प्रदेश नं ३, प्रदेश नं ४प्रदेश नं ६ का स्थानीय तहका उम्मेदवारहरु मध्ये हामीले गाउँपालिका तथा नगरपालिकाको मेयर तथा उपमेयरको मात्रै नामावली तयार पारेका छौं । जसमा पाठकहरुले हाम्राकुराको होमपेजमा गएर स्थानीय तहको निर्वाचन २०७४ लेखिएको व्यानर भएको ठाउँमा क्लिक गरि आफूलाई खोज्नुपरेको स्थानीय तह रहेको प्रदेशमा क्लिक गर्न सक्नेछन् वा प्रदेश लेखिएको तल रहेको कोठामा छानेर प्रदेश छान्न सकिनेछ। त्यहाँ क्लिक गरिसकेपछि वा प्रदेश छानिसकेपछि सम्बन्धित जिल्लाहरुको विवरण आउनेछ वा जिल्ला भन्दा तल रहेको कोठामा छानेर सम्वन्धित जिल्ला पाउन सक्नुहुनेछ।

 

यसरी प्रदेशभित्र पर्ने जिल्लामध्ये आफूले चाहेको जिल्ला छानेर क्लिक गरेपछि तपाईको जिल्ला भित्र पर्ने गाउँपालिका तथा नगरपालिकाको विवरण देख्नुहुनेछ वा स्थानीय तह लेखिएको ठाउँ तल रहेको कोठामा क्लिक गरि गाउँपालिका वा नगरपालिकाको नाम छान्न सक्नुहुनेछ । ती गाउँपालिका र नगरपालिकाको नक्साभित्र क्लिक गरेपछि वा स्थानिय तहको नगरपालिका वा गाउँपालिका नाममा क्लिक गरेपछि पाठकहरुले आफूले चाहेको नगर तथा गाउँपालिकाकामा प्रमुख दलबाट तथा चर्चामा रहेर मैदानमा उत्रिए प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयरहरुको नामावली र चुनाव चिन्ह समेत समेत प्राप्त गर्न सक्नेछन् ।

 

अहिले निर्वाचन नभएका ४ वटा प्रदेशहरुको जानकारी हामी जेठ ३१ को स्थानीय निर्वाचनको उम्मेदवार चयन भईसकेपछि अद्यावधिक गर्नेछौ । यसमा हामीले अहिले संविधानसभाको निर्वाचन २०७०मा बढी सिट ल्याएका ठूला ४ पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली समावेश गरेका छौं । यसलाई हामी बढाउँदै आउँदो निर्वाचनमा सबै पार्टीका उम्मेदवारहरुको नामावली समेट्ने कोशिष पनि गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछौं । 

 

यसका साथै हामीले पाठकहरुलाई थप सुविधा र सहजता सिर्जना होस् भन्नको लागि यस निर्वाचनको नतीजा प्राप्त भएपश्चात् मत परिणाम पनि यसै विवरणमा प्रस्तुत गरिने छ । जुन अहिले निर्विरोध भएका उम्मेदवारहरुलाई विजेता भएको संकेत तपाईले देख्न सक्नुहुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ