arrow

महन्थ ठाकुरको विज्ञप्ति राजनीतिक झूठको खेती, मै हुँ गठबन्धनको संयोजक : उपेन्द्र

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीय गठबन्धनको  आधिकारिक संयोजक आफु नै भएको जिकिर गरेका छन् । आइतबार पार्टीको बैठकपछि विज्ञप्ति जारी गर्दै यादवले आफुमाथि राजनीतिक बेइमानी भएको आरोप लगाएका हुन् ।

यादवले महन्थ ठाकुरको नामबाट आएको प्रेस विज्ञप्ति राजनीतिक झूठको खेतीका साथै राजनीतिक बेइमानी र निन्दनीय काम हो, भनेका छन् । ‘वैशाख २३ गते विभिन्न संचार माध्यमहरुमा संघीय गठबन्धनको नामबाट सम्प्रेषण भएको कथित प्रेस विज्ञप्तिप्रति मेरो र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । संघीय गठबन्धनको संयोजक म स्वयं रहेको र मेरो सल्लामा उक्त दिन कुनै पनि बैठक आयोजना नभएको अवगत गराउन चाहन्छु । संयोजक र प्रवक्ता ओम गुरुङ लगायत गठबन्धनका अधिकांश बहुमत सदस्यहरुलाई कुनै जानकारी नै नदिई व्यक्तिगत रुपमा आयोजना भएको बैठक संघीय गठबन्धनको बैठक हुनै सक्दैन’–विज्ञप्तिमा भनिएको छ ।

आफुहरुले उठाएका विभिन्न समुदायका मागलाई बृहत्तर एकीकृत शक्ति निर्माण गर्नुपर्ने बर्तमान राजनीतिक परिस्थतिमा यसरी घात अन्र्तघात गर्ने कार्य अत्यन्तै लज्जास्पद मात्र नभएर खेद जनक छ, विज्ञप्तिमा अगाडि भनिएको छ । महन्थ ठाकुरले यादवलाई गठबन्धनले कारबाही गरेको व्यहोराको विज्ञप्ति जारी गर्दै उपेन्द्र यादवले गठबन्धनको मर्म विपरीत संविधान संशोधन छोडेर निर्वाचनमा भाग लिएर धोका दिएको आरोप लगाएका थिए । ठाकुरले आफुलाई अध्यक्ष घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ