- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारदेखि फिदिमतर्फ जादै गरेको मे १ ज २३८५ नम्बरको ट्याक्सी चुहानडाँडामा आइतबार विहान दूर्घटना हुँदा ट्याक्सीमा सवार ११ जना घाईते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा चुहानडाँडा २ बस्ने गीता कट्टेल, जमुना कट्टेल र चुहानडाँडा ६ बस्ने तुलसा बाँस्कोटा छन् । उनीहरुको पाँचथर अस्पतालनमा उपचार सम्भव नभएपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा घोपा रिफर गरिएको छ ।
तेह्रथुमको संक्रान्ति ६ का दिक्षा इङनाम, फिदिम चार बस्ने विमला सुवेदी (बिष्ट) दिपसन रोका, झापा बुधबारे ८ बस्ने जमुना ओली, सुशिला न्यौपाने, चुहानडाँडा ९ बस्ने रमा गौतम, ह्वाकु ३ बस्ने चक्र इङनाम र उनकी श्रीमती रुपा इङनामको फिदिम स्थित पाँचथर अस्पतालमा उपचार भईरहेको छ ।
सडकबाट चिप्लिएर दूर्घटना भएको प्रहरीले बताए पनि चालक फरार रहेकाले घटना हुनुको कारण खुल्न सकेको छैन । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।