arrow

प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिलाई किन भेटिन् ?

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
sushila-karki.jpg.jpg

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी दुःख पोखेकी छन् । आइतबार साँझ सीतल निवास पुगेकी प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिसँग भेटेर दुःख विसाएकी हुन् ।

भेटमा राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोगबारे विशेष चासो राखिन् । महाभियोगका विषयमा विषयमा दुई शीर्ष पदाधिकारीबीच गहिरो छलफल भएको बताइएको छ ।

वैशाख १७ गते संसदमा महाभियोग गर्दा भएपछि निलम्बनमा परेकी कार्की नियमित कामकाजमा अदालत उपस्थित भएकै दिन राष्ट्रपतिलाई भेट्न पुगिन् । भेटमा समसामयिक घटनाक्रमबारे कुराकानी भएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश कार्की विदा स्वीकृत गराउनका लागि राष्ट्रपति कार्यालय पुगेको अड्कल गरिएपनि कानुन दिवसको निमन्त्रणा दिन आएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।

शर्माले भने, ‘२६ गते मंगलबार कानुन दिवस रहेछ । राष्ट्रपतिलाई प्रमुख अथितिको निमन्त्रणा दिन आउनु भएको हो ।’ भेटमा समसामयिक घटनाक्रमका विषयमा सामान्य कुरा त हुनै नै भयो । निमन्त्रणा बाहेक भेटको अन्य कुनै प्रयोजन थिएन ।

काँग्रेस र एमालेका सांसदले संसदमा महाभियोग दर्ता गराएपछि निलम्बनमा परेकी कार्कीलाई शुक्रबार न्यायाधीश चोलेन्द्र शम्शेरको एकल इजलासले काममा फर्किन भन्दै अन्तरिम आदेश जारी गरेपछि आइतबार अदालतमा हाजिर भएकी छन् । कार्की जेठ २५ गते उमेर हदले सेवानिवृत्त हुँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ