arrow

जन्तीको जोशका बेलामा जिप पल्टियो, एक जनाको मृत्यु, नौ घाइते

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
accident-final.jpeg

चन्द्रौटा । कपिलवस्तुमा आइतबार राति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु र नौ जना घाइते भएका छन् । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो ।

युपी ५५ टि ०४९५ नम्बरको भारतीय जिप राति ९ बजे जन्ती लिएर डिजे बजाउँदै आउने क्रममा दुर्घटना भएको थियो । 

पासीको डिजेले च्यापिएर ज्यान गएको स्थानीयले बताएका छन् । 

घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रहरी सहायक निरीक्षक दिपेन्द्र गिरीले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ