arrow

सुशीला कार्कीले राखेको चियापानमा प्रधानमन्त्री गएनन्, नजिकिने मौका गुम्यो

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
sushila-karki.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रधानन्यायाधीशले राखेको चियापानमा अनुपस्थित भएका छन् । मधेस केन्द्रीत दलहरुसँगको बैठक, राष्ट्रपति कार्यालयमा वार्षिक प्रतिवेदन बुझाउनु पर्ने र राज्यमन्त्रीहरुको सपथको व्यस्तताले प्रधानमन्त्री चियापानमा सरिक हुन नसकेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

सरकारको तर्फबाट कानुनमन्त्री अजयशंकर नायक सहभागि भए । प्रधानन्यायाधीश कार्कीले कानुन दिवसको अवसरमा सचापान आयोजना गरेकी थिइन् । चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी भने उपस्थित भइन् । राष्ट्रपतिसँगै उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा सरिक भए ।  यस्तै, पूर्व निर्धारित कार्यक्रमका कारण सभामुख ओनसरी घर्ती समेत कार्कीले बोलाएको कार्यक्रममा सहभागि भइनन् । यस्तै, महान्यायाधी वक्ता समेत कार्कीको चियापानमा अनुपस्थित भएका छन् ।

कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले राज्यका तीन वटै अंगले आ–आफ्नो क्षेत्राधिकारभित्र बस्नु पर्ने बताइन् । प्रहरी प्रमुख नियुक्तिका कारण कार्यपालिकाबाट सुरु भएको विवाद व्यवस्थापिका सम्म पुगेपछि कार्की निलम्बनमा समेत पर्न पुगेकी थिइन् । सर्वोच्चकै आदेशले फेरि नियमित काममा फर्केकी कार्कीले चियापानलाई कार्यकारीसँग सम्बन्ध सुधार गर्ने अवसरका रुपमा लिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ