arrow

चुनावपछि क्रिकेटको विकासमा आशा मात्रै, रिजल्ट ‘पोलीसी’ मेकरकै हातमा : क्रिकेटर दास

मतदान गर्छु, त्यो त अधिकार हो नि !

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
binod_das.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं बलिङ प्रशिक्षक विनोद दास दुई दशक पछि हुन लागेको स्थानीय तह चुनावलाई लिएर उत्साही छन् ।

यद्यपि, चुनाव हुँदैमा सारा समस्याको कज पत्ता लाग्छ र लगत्तै अपरेशन हुन्छ भन्नेमा विश्वस्त हुन नसकिने उनको तर्क छ । चुनावपछि समृद्धिको ढोका खुल्छ भन्नेमा शंका रहेन, ‘उनले भने । कस्तो व्यक्ति निर्वाचित भएर आउँछन् ।

हामीले कस्तो व्यक्तिलाई निर्वाचित गरायौँ भन्नेले अर्थ राख्छ ।’ समृद्धिको अनूभूति दिलाउने पोलीसी मेकरको हातमा छ । रिजल्ट नीति निर्माताको नियतमा भर पर्छ । राम्रै रिजल्ट आउँछ भन्ने के ग्यारेन्टी छ र ?  
 

नेपाली क्रिकेटको विकासमा आशा मात्र गर्न सकिन्छ
क्रिकेटर दासले चुनवपछि नेपाली क्रिकेटको विकासमा समेत आशा मात्रै गर्न सकिने बताए । उनले भने, ‘अहिले नै केही भन्न सकिँदैन । पोलीसी मेकरहरुको तवर तरिकामा भर पर्छ । छोटोमा भन्दा आशा गर्ने ठाउँ मात्रै छ ।’ दलहरुले घोषणापत्रमा खेलकुदलाई पनि प्राथमिकताका साथ राखेका छन् । क्रिकेटर दासले भने, ‘घोषणापत्र त यस अघि पनि आएकै हुन् । घोषणापत्र सार्वजनिक गरेर मात्र भएन त्यस अनुरुप काम गर्न सक्ने व्यक्ति आए कि आएन भन्ने कुरा पनि त ख्याल गर्नु पर्ला ।’
 

क्रिकेटको संस्था नै छैन, हालचाल के भनौँ र ?
नेपाली क्रिकेट अहिले संस्था विहिन छ । नेतृत्व हत्याउने विवाद अन्त्यको समय अझै आइपुगेको छैन । दासले भने, ‘क्रिकेटको हालचाल के छ भनौँ र ! संस्था नै स्टाविलिस्ट हुँदैन भने कसरी वृहत्तर विकास होला ।’ संस्था बलियो भएपछि मात्रै काम देखिने हो ।

स्थानीय सरकार गठन भएपछि काठमाडौँ मात्र नभई जिल्लागत रुपमा क्रिकेटको संस्थागत संरचनाको विकास गरिनु पर्छ । जिल्ला र क्लबाट व्यक्तिहरु आवद्ध हुने सिस्टम सुरु हुनुपर्छ । त्यसरी जाने हो भने मात्रै केही हुन सक्ला, दासले भने ।
 

काठमाडौं केन्द्रीत मात्रै भएर बिग्रियो
दासले हाम्राकुरासँग भने, ‘अब क्रिकेटलाई काठमाडौँ मात्र नभई जिल्ला जिल्लामा लैजान सक्नु पर्छ । हामी काठमाडौं केन्द्रीत भएकै कारण चौतर्फी विकास गर्न सकेनौँ ।’ हुन त अहिले खेलाडी किन्न पाइएकै छ । तर, त्यसरी भएन ।

खै क्रिकेटको संस्था ? अब सबै ठाउँमा संस्थागत संरचनामा जानु पर्छ । कार्यकारी टिम राखेर जाने हो भने मात्रै क्रिकेटको विकास सम्भव छ । भौतिक पूर्वाधारका कुराहरु पनि छन्, उनल थपे, ‘हामीसँग अन्तर्राष्ट्रिय स्तरको स्टेडियम जम्मा एउटा मात्रै छ ।’ त्यसको आवश्यकता महसुस गर्न सक्नु पर्छ । यो सबै नीति निर्माताकै हातमा छ । 

 

तदान गर्छु, त्यो त अधिकार हो नि !
क्रिकेटर दासले आफु निर्वाचनमा मतदान गर्न आतुर रहेको बताए । उनले भने, ‘मतदान नगर्ने पनि कुरा हुन्छ र भन्या ? मतदान गर्ने हो । त्यो त अधिकार हो नि ! मताधिकार प्रयोग गर्नु हाम्रो कर्तव्य पनि हो ।’ यद्यपि, दासले चुनाव हुँदैमा सारा प्रोवलम सोल्भ भइहाल्नेमा विश्वास छैन, भने ।  दास दाेस्राे चरणकाे मतदान गर्न अाफ्नाे घर कलैया पुग्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ