arrow

औषधी माफियाहरुको विरुद्ध उत्रिए उद्यमी र व्यवसायीहरु नै

४ संस्थाको संयुक्त विज्ञप्ती

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
medicine-manufactrer.jpg

काठमाडौं। नेपाली औषधी उद्योगको प्रवर्द्धन तथा आमनागरिकलाई गुणस्तरीय औषधी सस्तो मूल्यमा उपलव्ध गराउन लागेको सरकारको प्रयासलाई सरोकारवालाहरुले सह्राएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग परिसंघ नेपाल औषधी उत्पादक संघ र नेपाल औषधी व्यवसायी संघले संयसक्त विज्ञप्ती निकाली स्वास्थ्य मन्त्रालयले गरेको प्रयासको समर्थन जनाएका छन्। 

नेपालमा रहेका ५० भन्दा वढी मानवका औषधी उद्योग८ वटा पशुपंक्षी औषधी उद्योग र ७३ वटा आयुर्वेदीक औषधी उद्योगको क्षमता गुणस्तर र प्रविधीको पहिचान गरी नेपालमा नै गुणस्तरीय औषधीको उत्पादन गरी वढ्दो व्यापार घाटालाई कम गर्न र औषधीको निर्यातलाई  समेत वढावा दिन स्वास्थ्य मन्त्रालयले गरेको कदमको सरोकारवालाहरुले निकालेको विज्ञप्तीमा स्वागत गरिएको छ। 

नेपाल सरकार स्वास्थ्य मन्त्रालय र यसको नेतृत्व सम्हालिरहेका मन्त्री गगन थापाले चालको सकारात्मक कदमको विरोध गर्दै केहि प्रोपोगाण्डा वजारीकरण गर्ने समुहले आयात बन्द गर्ने कुराको उनीहरुले विरोध जनाएका छन्। मानव जीवनसँग प्रत्यक्ष संलग्न औषधीजन्य विषयलाई आफ्नो स्वार्थपूर्ण माग पुरा गराउने हतियार बनाउने कार्यको भत्सर्ना गर्दै सरोकारवाला ४ संस्थाले नेपाल औषधी व्यवसायी संघको सहयोगमा गुणस्तरीय र उचित मूल्यमा औषधी उपलव्ध गराउन आफहरु सक्षम रहेको जनाएका छन्।

नेपाल सरकारले लिएको कदमले नेपाल औषधी उत्पादक संघले उचित मूल्यमा गुणस्तरीय औषधी उपलव्ध गराउने कुराको प्रतिवद्धता समेत विज्ञप्तीमा जनाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ