arrow

एमालेको निशानामा कुलमानपछि गगन थापा

कुलमान र गगनलाई बद्नाम र दुर्वव्यवहारमा उत्रियो एमाले

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
gagan-kulman.jpg

काठमाडौं। चुनाव नजिकिदै गर्दा एमाले संगठित रुपमा राष्ट्रका लागि राम्रो काम गरिरहेकाहरुलाई बद्नाम बनाउन र दुर्वयवहार गर्न लागिपरेको छ। लोडसेडिङ अन्त्य गराउन मुख्य भुमिका निभाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई वद्नाम गराउन लागिपरेको एमालले आमनारिकमा राजनीतिप्रति भरोसा र आशा जगाएका काँग्रेस नेता तथा स्वास्थ्यमन्त्रीमाथि समेत दुर्व्यवहार गरेका छन्।

एमाले केन्द्रीय कार्यालय रहेको स्थान धुम्वाराही नजिकै एमालेका केन्द्रीय नेताहरुकै डिजाइनमा थापामाथि दुर्वयवहार र आक्रमणको प्रयास भएको छ। मुस्ताङमा रोमी गौचन थकालीमाथि आक्रमणको प्रयास गरेका एमालेले काँठमाडौंको कपनमा यो दुरव्यवहार गरेको हो।

किन उत्रियो एमाले गगन विरुद्ध ?
नेपाली काँग्रेसका नेता तथा स्वास्थ्यमन्त्री गगन थापा भन्ने वित्तिकै काँग्रेस कार्यकर्ताहरुमा जुन उत्साह र उर्जा थपिन्छ विपक्षी पार्टीहरुमा त्यतिकै ढ्याग्रो ठोकिन्छ। उनी जहाँ जान्छन काँग्रेस कार्यकर्ताहरु उनीसँग भेट्न लालायित हुन्छन्। उनको भाषण सुन्ने वित्तिकै काँग्रेस कार्यकर्ताहरु उत्साहित हुन्छन्। आफूहरु चार्ज भएको अनुभव गर्छन्। त्यसको ठीक विपरीत हुन्छ विपक्षी दलका नेता कार्यकर्ताहरुलाई।

उनी जहाँ गएर आफ्नो कुरा गर्छन त्यहाँ उनको जयजयकार नै हुन्छ। उनको पक्षमा नारा लाग्न थालिहाल्छ। काँग्रेसको पक्षमा नारा लाग्न थालिहाल्छ। चुनावको वेलामा पनि उनको माग त्यसैकारण झन वढी हुन्छ। उनले भ्याइ नभ्याई धेरै भन्दा धेरै चुनावी कार्यक्रममा पुग्नुका पछाडी पनि उनको जादुमयी अभिव्यक्ति नै हुने गरेको काँग्रेसका नेता कार्यकर्ता मात्र हैन अन्य दलका नेता कार्यकर्ताहरु स्वीकार्छन।

यसै कारण चुनावको वेलामा उनको गतीलाई रोक्न सके आफूहरुलाई फाइदा पुग्छ भन्ने रणनीति विपक्षीहरुले बनाउने गर्छन्। चुनावको एकदिन अगाडी समेत उनलाई विवादमा तान्न र उनकाविरुद्ध गोयवल्स शैलीमा प्रचार गराउन सके आफूहरुलाई फाइदा पुग्ने आँकलन गरी विशेष गरी एमाले उनीविरुद्ध षडयन्त्रपूर्वक परिचालित भएको प्रष्ट भएको छ।

काठमाडौं क्षेत्र नम्बर ४ को कपनमा नातामा हजुरवा पर्ने एक आफन्तहरुलाई भेटर फर्कने क्रममा जोरधारा पछाडी आदर्शनगर टोलमा पार्टीका एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले उनलाई आचारसंहिता विपरीत आएको मिथ्या आरोप लगाएका थिए । त्यहाँबाट थापा बाहिरिएपछि नीलोपुलमा हुल वाँधेर बसेका केही एमाले कार्यकर्ताहरुले सरकारका मन्त्री समेत रहेका थापालाई बाटो रोकेर हुलहुज्जत गर्ने प्रयास गरेका थिए।

आचारसंहिता पालना गर्दै नीजि नम्बर प्लेटको गाडीमा नीजि भेटघाटमा रहेका थापालाई हुल वाँधेर आएका एमालेका कार्यकर्ताहरुले छापामार शैलीमा हुलहुज्जत गर्न खोजेको स्थानीय काँग्रेस कार्यकर्ता मनोज सिग्देलले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीकै आदेशमा थापालाई आक्रमण गर्न आएको एमालेका माधव नेपाल निकट एक कार्यकर्ताले नाम नबताउने शर्तमा बताए ।

एमालेका वडा नम्बर १२ का अध्यक्ष नवराज भट्टराई, क्षेत्रीय सचिव ध्रुव न्यौपाने र एमालेको उपमेयरकी दावेदार रहेकी देवी रेग्मीको नेतृत्वमा आएका कार्यकर्ताहरु थापाविरुद्ध उत्तेजक नारावाजीमा पनि उत्रिएका थिए। रेग्मी त थापाको गाडीमा चढेर सुतिदिएकी थिइन्। काँग्रेस कार्यकर्ताहरु त्यहाँ आए स्थिति बिग्रने आँकलन गर्दै थापा त्यहाँबाट बहिरिएका थिए।

त्यसलगत्तै थापा फर्किएका थिए भने एमालेका कार्यकर्ताहरुले नीलोपुलमा कोणसभा गरेका थिए । निर्वाचन आचारसंहिता विपरीत कोणसभा गर्ने बहाना खोजेर बसेका एमालेका कार्यकर्तारुहले त्यही वहानामा नीलोपुलमा कोणसभा गरेका थिए।

स्थानीय सुभद्र भट्टराईले भनिन्, ‘एमालेहरु नगरपालिकामा हारको मानसिकताले आत्तिएका छन्। त्यसैले पनि अनेक वहाना गरेर स्थिति भड्काउन खोजेका छन्।’ गगन थापालाई हुलहुज्जत गर्ने प्रयास त्यसैको प्रमाण हो भट्टराईले थपिन्।

थापाले आफूलाई निर्वाचन आचारसंहिताको राम्रो ज्ञान भएको र व्यक्तिगत भेटघाटलाई आचारसंहिताले पनि नरोकेको बताए। बरु आफूमाथि हुलहुज्जत गर्न पठाएर एमालेले आचारसंहिताको उल्लंघन गरेको थापाले संक्षिप्त प्रतिक्रिया दिए। थापाले निर्वाचनको वातावरण विगार्न आएकाहरुको हल्लाको पछाडी नलागी ३१ गतेको चुनावमा पार्टीको हितमा लाग्न आग्रह गरे । स्थितिलाई भड्काउन केही अवाञ्छित गतिविधि गर्ने प्रयास भएको उल्लेख गर्दै थापाले आफ्नो क्षेत्रका सबै साथीहरुलाई संयमित हुन भने । कपन रहेको बुढानीलकण्ठ नगरपालिकामा काँग्रेसबाट राजु श्रेष्ठ मेयरका उमेद्वार छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ