arrow

काठमाडौं उपत्यकामा आजै मत गणना हुने !

छिटपुट घटना बाहेक शान्तिपूर्ण मतदान

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
election-local-2017.jpg

काठमाडौ । बिहान दश बजेसम्ममा २५ देखि ४२ प्रतिशत भन्दा बढी मत झरेको निर्वाचन आयोगले बताएको छ । निर्वाचनमा उत्साहजन सहभागिता देखिएको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए ।

उपत्यकाको केही स्थानीय निकायहरुको भने मतपत्र संकलन गरेर आजै रातीबाट मत गन्न सकिने संभावना रहेको समेत उनले बताए । निर्वाचन केन्द्रबाट नजिक रहेका मतगणना केन्द्रहरुमा आजै मतगणना हुने भएको छ। 

हालसम्म तीन वटै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । हरेक स्थानीय निकायहरुको एकठाउँमा नै जम्मा गरेर मत गनिने समेत उहाले बताए  ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ