काठमाडौं। कास्कीका सबै स्थानीय तहमा सोमबार विहान ८ बजेदेखि मत गणना सुरु हुने भएको छ। आईतबार भएको स्थानीय तहको निर्वाचनको सोमबार विहान सर्वदलीय बैठक बोलाएर विहान ८ बजेदेखि मत गणना सुरु गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।
उनका अनुसार एक महानगरपालिका र ४ गाउँ पालिकामा एकैपटक मत गणना सुरु गर्ने भनिएपनि रुपा गाउँपालिकाको भने अगाडि नै मत पेटिका आएको खण्डमा अगाडि नै मत गणना सुरु हुने सुवेदीले जानकारी दिए।
पोखरा लेखनाथ महानगरपालिकासँगै कास्की जिल्लामा रुपा, मादी, माछापुछ्रे र अन्नपूर्ण गरी ४ वटा गाउँपालिका रहेका छन्।