कालीकोटमा गोली खाने धनरुपलाई शहीद घोषणा गर्न राप्रपाको माग
प्रकाशित २०७४ जेठ १ सोमबार
277
Shares
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनका क्रममा कालीकोटस्थित नरहरिनाथ गाउँपालिका–६ सेरापाटा केन्द्रमा सुरक्षाकर्मीको गोलीबाट वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको मृत्यु भएकामा दुःख व्यक्त गरेको छ ।
पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा मृतकलाई शहीद घोषणा गरी परिवारको भरण पोषण तथा संरक्षणका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । सो घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशीघ्र निःशुल्क उपचार गर्न माग गरिएको छ ।
यसैबीच नुवाकोट मेघाङ गाउँपालिकामा चुनावका क्रममा आइतबार अज्ञात समूहले पार्टीका कार्यकर्तामाथि आक्रमण गरेको घटनाको छानबिन गर्न माग गरिएको छ । रासस