एमालेले काठमाडौं उपत्यकामा पनि गाउँपालिकाको खाता खोल्यो
प्रकाशित २०७४ जेठ २ मंगलबार
485
Shares
ललितपुर । एमालेले काठमाडौं उपत्यकाभित्रको स्थानीय तहमा पनि खाता खोलेको छ । ललितपुरको महांकाल गाउँपालिकामा एमाले उम्मेदवार विजयी भई उपत्यकामा खाता खेलेका हुन् ।
महांकाल गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार रामचन्द्र दाहाल विजयी भए । दाहालले दुई हजार ८० मत ल्याए । दाहलका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भीमसेन घिमिरेले एक हजार ७ सय २२ मत ल्याए ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै कमला तामाङ विजयी भएकी छन् । उनले दुई हजार दुई सय ६३ मत ल्याइन् भने, काँग्रेसकी सुशीला अधिकारीले एक हजार तीन सय ९९ मत ल्याइन् ।
महांकालमा एमाले विजयी भएको घोषणा भइसकेको निर्वाचन अधिकृत ध्रुबकुमार ढकालले बताए । ढकालले भने, ‘घोषणा भएर पनि प्रमाणपत्र वितरण भइसकेको छ ।’