युवा हुंकार प्रतिनिधि श्रेष्ठ चार दिनदेखि सम्पर्क विहिन
प्रकाशित २०७४ जेठ ३ बुधबार
789
Shares
काठमाडौ । युवा हुंकार प्रतिनिधि हरिचन्द्र श्रेष्ठ बिगत चार दिन देखि सम्पर्कविहिन भएका छन् । वैशाख ३१ गते स्थानीय निर्वाचनको लागि भोट हाल्न आफ्नो जन्मस्थान काभ्रेपलाञ्चोक जिल्लाको कानपुर गएका श्रेष्ठ सोही दिन साँझ देखि सम्पर्कविहिन भएको परिवारले जनाएको छ ।
स्थायी घर कानपुर भएका श्रेष्ठ भक्तपुरको ठिमीमा बस्दै आएका थिए । वैशाख ३० गते कानपुर गएका श्रेष्ठसंग चुनावको दिन साँझ साढे ५ बजेपछि सम्पर्क विहिन भएका बताइएको छ ।
परिवारका अनुसार श्रेष्ठ आईतबार दुई बजे भोट हाली भकुन्डेवेसी तिर लागेका थिए । त्यसपछि पाँच बजेतिर फोन गर्दा भोट हाली सके अब फर्कन्छु भनेका थिए । चुनाव सकिएको चार दिनसम्मपनि उनी परिवारको सम्पर्क आएका छैनन् ।
श्रेष्ठ श्रीमती र बच्चालाई ठिमीमा रहेको डेरामा नै छोडेर आफु एक्लै भोट हाल्न गएका थिए । तर अहिलेसम्म पनि श्रेष्ठ सम्पर्कमा नआएको दाई रामचन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठको खोजबिनम सहयोग गर्न परिवारले अनुरोध गरेको छ ।