arrow

भारतीय सेनाको बर्दी लगाएर एयरबसमा आक्रमण, सुरक्षाकर्मीसहित ६ को मृत्यु

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
pathankot_650x400_61451711527.jpg.jpeg
कराँची । पाकिस्तानीको सीमा नजिकै रहेको पठानकोट एयरबसमा भएको हमलामा ६ जनाको मृत्यु भएको छ । चर जना हमलाकारीहरुले एयरबसमा आक्रमण गरेपछि सुरक्षाकर्मीसँग भएको भिडन्तमा सबै हमलाकारी मारिएका छन् भने दुई सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।

प्रहरीका अतिरिक्त महानिर्देशक एचएस ढिल्लनका अनुसार त्यहाँ भीडन्त सकिएको छ । प्रहरीले एयरबसको आसपास १५ किलोमिटर क्षेत्रलाई घेरेर निगरानी जारी राखेको छ । यसबाहेक संदिग्ध चरमपन्थीको खोजी कार्यलाई पनि तिब्रता दिएको छ । 

जम्मु पठानकोट हाइवेमा गस्ती बढाइएको छ भने पञ्जाब र जम्मु कश्मीरमा रेड अलर्ट जारी गरिएको छ । त्यहाँ रहेका एक सुरक्षा अधिकारीका अनुसार हमलाकारीहरुले एयरबसलाई बढी क्षति गर्नका लागि हमला गरे पनि त्यो पुरा हुन सकेन । प्रहरीले आक्रमणकारीहरु जैश ए मोहम्मदका चरमपन्थी हुनसक्ने अनुमान गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार हमलाकारीहरु भारतीय सेनाको बर्दीमा थिए । पञ्जाबमा यस्तै आक्रमण यसअघि पनि भईसकेको छ । गत वर्षको अगष्टमा गुरदासपुर जिल्लामा रहेको एक प्रहरी चौकीमा भएको हमला सात मानिसको मृत्यु भएको थियो भने तीन हमलाकारी मारिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ