arrow

हतियार हिंसाका ‘बाँकी कार्य’ सन् २०१६ मा गरिने ओबामाको प्रतिबधता

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
barak-obama.jpg.jpeg
वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१६ को आफ्नो सङ्कल्प बन्दुक हिंसाका विरुद्ध सङ्घर्ष गर्ने रहेको बताउनुभएको छ । सन् २०१६ मा हिंसाविरुद्धका ‘बाँकी कार्य’ लाई पूर्ण गर्ने प्रतिबद्धता जनाउँदै ओबामाले आफ्नो सात वर्षे कार्यकालमा अमेरिकाको बन्दुक हिंसाको ‘महामारी’ लाई नियन्त्रणमा खासै प्रगति हुन नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । 
 
“मेरो नयाँ वर्षको सङ्कल्प हिंसाविरुद्धको बाँकी कार्य पूरा हुने र यसका लागि म सक्दो प्रयास गर्ने छु” राष्ट्रपति ओबामाले भन्नुभयो । हाम्रो देशमा बन्दुक हिंसा महामारीको रुपमा रहेको र यो मेरो नसकिएको विशेष एउटा कार्य हो, उहाँले थप्नुभयो । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ