arrow

डडेल्धुरामा डढेलो आत‌ंक,  चुरे र महाभारतका बन त सखापै 

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
dadhelo-fire-on-jungle.jpg.jpeg

डडेल्धुरा । डडेल्धुराका चुरे र महाभारत क्षेत्रका वन जङ्गलमा आगो लाग्ने क्रम बढेको छ । पछिल्लो समयमा पानी परेर नयाँ घास पलाउने अवस्थामा जथाभावी आगो लगाउँदा चुरे र महाभारत क्षेत्रका वनमा सखाप हुन थालेको हो । चरिचरन र घाँसका लागि छुट्याएका वनमा आगो लगाउँदा नियन्त्रण गर्न नसकी अन्य वनमा डढेलो लाग्ने गरेको स्थानीय व्यक्तिको भनाइ छ । 

व्यक्तिको लापर्बाहीका कारण आलिताल, जोगबुढा, रुपाल भागेश्वर, कैलपालमाण्डौँ, अजयमेरु, बेलापुर कोटेली, मणिलेकका वनमा लागेको डँडेलो चुरे महाभारत क्षेत्रका वनमा पनि सल्केको स्थानीय उपभोक्ताको भनाइ छ । जिल्ला वन कार्यालयले वन जोगाउनका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरेपनि आगो नियन्त्रण हुन नसकेको सहायक वन अधिकृत केशव पुडासैनीले जानकारी दिए। 

उपभोक्तामा जनचेतनाको विकास हुनाका साथै दिन बिराएर हल्का वर्षा भइरहेकाले यो वर्ष डडेल्धुराका वनमा डढेलोमा कमी भएपनि केही दिन वर्षा नहुँदा पुनः आगो लाग्न थालेको वन उपभोक्ता महासङ्घका अध्यक्ष चन्द्रदेव बोहराले जानकारी गराए। सामुदायिक वनका उपभोक्तामा जनचेतनाका साथै, हल्का वर्षा भइरहेकाले वनमा हुने डढेलोमा कमी आएको सहायक वन अधिकृत प्रकाश जोशीले बताए। 

विशेष गरी चैत, वैशाख महिनामा वन क्षेत्रमा बढी डढेलो लाग्ने गरेको भए पनि यो वर्ष भने डडेल्धुराका करिब आधा दर्जन सामुदायिक वनको केही स्थानमा मात्रै डढेलो लागेको सो कार्यालयले जनाएको छ । यो वर्ष हल्का वर्षा भइरहेकाले पनि वनमा हुने आगलागीमा कमी आएको हो । डडेल्धुरामा गत वर्ष यो समयसम्म सयौँ सामुदायिक वनमा डढेलो लागेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ